Gas Preparation

प्रयोगशालामा हाइड्रोजन ग्याँस कसरी बनाउने

Hydrogen Gas
प्रयोगशालामा हाइड्रोजन ग्याँस कसरी बनाउने
AI-Powered
TL;DR — Quick Summary
Click Generate Summary to get an AI-powered TL;DR of this article.
Gemini is reading the article...
    Could not generate summary. Please try again.

    हाइड्रोजन ग्याँस

    हाइड्रोजन ग्याँसलाई रासायनिक रूपमा H₂ ले जनाइन्छ । यो ब्रह्माण्डमा सबैभन्दा धेरै पाइने रासायनिक तत्त्व हो तथा सबैभन्दा हलुका ग्याँस पनि हो। हाइड्रोजनको परमाणबिक संख्या हो। मुख्य विशेषताहरू

    • हाइड्रोजन रङ्गहीन, गन्धहीन र स्वादहीन ग्याँस हो।
    • यो हावाभन्दा धेरै हलुका हुन्छ।
    • पानीमा निकै कम घुल्छ।
    • हाइड्रोजन आफैँ जल्दैन, तर यसले आगो बल्न सहयोग गर्छ।

    सिद्दान्त

    प्रयोगशालामा जस्ता (Zinc) धातुमा फिक्का हाइड्रोक्लोरीक अम्ल बिच रासायनिक प्रतिक्रिया गराउँदा हाइड्रोजन ग्याँस बन्छ । 

    $ Zn + HCl \rightarrow ZnCl_2 + H_2 $

    यसरी बनेको हाइड्रोजन ग्याँस जारमा पानीलाई तल तिर विस्थापन विधिबाट द्वारा सङ्कलन गर्न सकिन्छ।

    विधि

    1. एउटा उल्फ बोतलमा सफा जस्ताका साना टुक्रा राख्नुहोस्।
    2. उल्फ बोतललाई रबरको कर्कले बन्द गरी कर्कमा थिसल फनेलडेलिभरी ट्युब जडान गर्नुहोस्।
    3. डेलिभरी ट्युबको अर्को छेउलाई पानीले भरिएको ग्याँस जारभित्र, पानीमुनि उल्टो पारेर राख्नुहोस्।
    4. थिसल फनेलबाट बिस्तारै फिक्का हाइड्रोक्लोरीक अम्ल जस्तामाथि हाल्नुहोस्।
    5. जस्ता र अम्लबीच प्रतिक्रिया हुँदा हाइड्रोजन ग्यास निस्कन्छ। 
    $ Zn + HCl \rightarrow ZnCl_2 + H_2 $
    1. बनेको हाइड्रोजन डेलिभरी ट्युब हुँदै पानीको ग्यासजारमा पुग्छ र पानीलाई तल तिर विस्थापित गरी सङ्कलन हुन्छ।
    2. सुरुमा निस्केको केही ग्यास बाहिर जान दिनुहोस्, किनकि त्यसमा फ्लास्कभित्रको हावा मिसिएको हुन सक्छ। त्यसपछि मात्र शुद्ध हाइड्रोजन सङ्कलन गर्नुहोस्।
    3. ग्यासजार भरिएपछि त्यसलाई पानीमुनि नै काँचको प्लेटले छोपेर बाहिर निकाल्नुहोस्।

    हाइड्रोजन ग्याँसको परीक्षण

    ग्यासजारको मुखमा बलिरहेको सलाइको काँटी लैजाँदा ‘पप’ आवाज सुनिएमा हाइड्रोजन भएको पुष्टि हुन्छ ।

    सावधानी

    • अम्ल बिस्तारै र सावधानीपूर्वक हाल्नुपर्छ ।
    • सुरुमा निस्केको ग्याँसलाई आगो नजिक लैजानु हुँदैन ।
    • हाइड्रोजन ज्वलनशील भएकाले प्रयोगशालामा शिक्षकको निगरानीमा मात्र प्रयोग गर्नुपर्छ ।

    भौतिक गुणहरू

    1. हाइड्रोजन रङ्गहीन, गन्धहीन र स्वादहीन ग्याँस हो।
    2. यो सबैभन्दा हलुका ग्याँस हो र हावाभन्दा धेरै हलुका हुन्छ।
    3. यो पानीमा निकै कम घुल्छ।
    4. यसको घनत्व हावाको भन्दा कम हुन्छ।
    5. यो ग्याँस सामान्य अवस्थामा diatomic अणुका रूपमा पाइन्छ।

    रासायनिक गुणहरू

    1. हाइड्रोजन ज्वलनशील ग्याँस हो। यो अक्सिजनमा जल्दा पानी बन्छ। $$ 2H_2 + O_2 \rightarrow 2H_2O $$
    2. शुद्ध हाइड्रोजन शान्त रूपमा फिक्का नीलो ज्वालासहित जल्छ।
    3. हाइड्रोजन र हावाको मिश्रण विस्फोटक हुन्छ।
    4. हाइड्रोजनले धातुका अक्साइडहरूलाई धातुमा अपचयन गर्न सक्छ। $$ CuO + H_2 \rightarrow Cu + H_2O $$
    5. नाइट्रोजनसँग प्रतिक्रिया गरी अमोनिया बनाउँछ। $$ N_2 + 3H_2 \rightarrow 2NH_3 $$
    6. वनस्पति तेलमा हाइड्रोजन थप्दा घिउ बन्छ। यस प्रक्रियालाई हाइड्रोजनेसन भनिन्छ।

    उपयोगिताहरू

    • रकेटको इन्धनका रूपमा
    • अमोनिया बनाउन
    • वनस्पति तेललाई घिउमा परिवर्तन गर्न
    • स्वच्छ इन्धनका रूपमा
    • मौसमसम्बन्धी बेलुन भर्न
    • पेट्रोलियम पदार्थको प्रशोधनमा
    • इन्धन सेलमा विद्युत् उत्पादन गर्न

    अभ्यासका प्रश्नहरू

    अति छोटो उत्तर आउने प्रश्नहरू

    1. हाइड्रोजनको रासायनिक सूत्र लेख्नुहोस्।
    2. हाइड्रोजनको एउटा भौतिक गुण लेख्नुहोस्।
    3. हाइड्रोजन ग्याँसको परीक्षण कसरी गरिन्छ?
    4. हाइड्रोजन ग्याँस पानीमाथि किन सङ्कलन गर्न सकिन्छ?
    5. हाइड्रोजनको एउटा उपयोग लेख्नुहोस्।

    छोटो उत्तर आउने प्रश्नहरू

    1. हाइड्रोजनका कुनै चारवटा भौतिक गुणहरू लेख्नुहोस्।
    2. हाइड्रोजनका कुनै तीनवटा रासायनिक गुणहरू लेख्नुहोस्।
    3. हाइड्रोजन ग्याँसको परीक्षण वर्णन गर्नुहोस्।
    4. हाइड्रोजनलाई रकेटको इन्धनका रूपमा किन प्रयोग गरिन्छ?
    5. हाइड्रोजन ग्याँसको प्रयोग गरी अमोनिया बन्ने रासायनिक समीकरण लेख्नुहोस्।

    लामो उत्तर आउने प्रश्नहरू

    1. हाइड्रोजनका भौतिक र रासायनिक गुणहरू वर्णन गर्नुहोस्।
    2. हाइड्रोजनका कुनै पाँचवटा उपयोगहरू लेख्नुहोस्।
    3. हाइड्रोजन अक्सिजनमा जल्दा पानी बन्ने प्रतिक्रियालाई समीकरणसहित व्याख्या गर्नुहोस्।
    4. हाइड्रोजन ग्याँसको परीक्षण र प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू लेख्नुहोस्।

    समीकरण लेख्नुहोस्

    1. हाइड्रोजन अक्सिजनमा जल्दा हुने प्रतिक्रिया
    2. नाइट्रोजन र हाइड्रोजनबाट अमोनिया बन्ने प्रतिक्रिया
    3. तामाको अक्साइड र हाइड्रोजनबीच हुने प्रतिक्रिया

    Join the Conversation

    0 Comments

    Log in to join the discussion

    No comments yet

    Be the first to share your thoughts!

    Written by

    Hupen Pun

    Dedicated to sharing valuable insights, tech tutorials, and educational resources to help you level up your skills.